Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दामा फरार गोरखाका निसम बनस्थलीबाट पक्राउ

    बैंकिङ कसूर मुद्दामा फरार गोरखाका निसम बनस्थलीबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका-०६ अश्राङ्ग स्थायी घर भइ काठमाडौँ गोंगबु बस्ने २५ बर्षीय निसम वि.क रहेका छन्।



    महाशाखाका अनुसार निसमलाई मौसम उपाध्यायको जाहेरीपछि बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले पक्राउ पुर्जी जारी गरेको थियो ।



    अदालतको पक्राउ पुर्जीपछि फरार रहेका उनलाई  महाशाखाबाट खटिएको टोलीले काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार