Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लाखौंको बैंकिङ कसूर मुद्दाकी फरार शान्ता महाशाखाको फन्दामा

    लाखौंको बैंकिङ कसूर मुद्दाकी फरार शान्ता महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाकी एक जना फरार महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-०४ घर भइ काठमाडौँ रामकोट बस्ने ३६ बर्षीया शान्ता कोइराला दवाडी रहेकी छन्।



    महाशाखाका अनुसार शान्तालाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७८ मङ्सिर २१ गते चार दिन कैद र ९ लाख नब्बे हजार रुपैयाँ जरिवाना तोकेको थियो ।



    अदालतको फैसलापछि फरार रहेकी उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीलेले काठमाडौं सीतापाइलाबाट पक्राउ गरेको हो।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    यसअघि आजै मात्र महाशाखाको टोलीले सोही मुद्धामा विभिन्न मितिमा फरार रहेका मकवानपुरका मन्दिप भुजेल र गोरखाका असिम बिकलाई पक्राउ गरी अदालतसामु उपस्थित गराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार