Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो, चाङ्गचुनमा लकडाउन घोषणा

    चीनमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो, चाङ्गचुनमा लकडाउन घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । कोरोना संक्रमण फेरि बढ्न थालेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ ।



    ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ ।



    नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार