Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

    प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो ।



    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेस गरेका हुन् । न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।



    न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न राणाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको गुरुङको भनाइ छ।

    जबराविरुद्ध गत फागुन १ मा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार