Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रतिनिधिसभा बैठक

    चैत २ गतेदेखि जबराविरुद्धको महाअभियोगबारे छलफल हुन्छ: सभामुख सापकोटा

    चैत २ गतेदेखि जबराविरुद्धको महाअभियोगबारे छलफल हुन्छ: सभामुख सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी चैत २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने बताएका छन्।

    ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले भने । त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।



    न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।



    न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न राणाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको गुरुङको भनाइ छ।

    संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव करिब एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको हो । महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले उक्त प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार