Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • युक्रेनस्थित दूतावास भारतले पोल्यान्डमा सार्ने

    युक्रेनस्थित दूतावास भारतले पोल्यान्डमा सार्ने

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । युक्रेनको अवस्था नाजुक बन्दै गएपछि भारतले युक्रेनी राजधानी किभमा रहेको राजदूतावासलाई पोल्यान्डमा सार्ने भएको छ । राजधानीमा रुसले गरेको आक्रामक हमलाबीच सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै भारतले पोल्यान्डमा दूतावास सार्ने निर्णय गरेको हो ।

    भारतीय विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतीय दूतावास स्थायी रूपमा नभएर अस्थायी रूपमा पोल्यान्ड सार्ने निर्णय भएको जनाएको छ ।



    रुसी मिसाइल आक्रमणबाट पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य बेसमा हमला भएको थियो । त्यसक्रममा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनले जनाएको छ ।



    किभस्थित भारतीय दूतावासका केही अधिकारी पछिल्लो केही दिनदेखि लविवस्थित अस्थायी कार्यालयबाट काम गरिरहेका छन् । लविवमा दूतावासको अस्थायी कार्यालय युक्रेनमा फसेका भारतीय नागरिकको उद्धारका लागि खोलिएको थियो।

    युक्रेनबाट दूतावास सार्ने निर्णय गर्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षासम्बन्धी हेर्ने क्याबिनेट कमिटीको बैठक बोलाएका थिए । बैठकमा युक्रेनको सुरक्षास्थिति, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणलगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार