Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले संसदकाे नियमावली र संविधान मिचेको भीम रावलको आरोप

    प्रधानमन्त्री देउवाले संसदकाे नियमावली र संविधान मिचेको भीम रावलको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका सांसद डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदकाे नियमावली र संविधान मिचेको आरोप लगाएका छन्।

    नेता रावलले आइतबार राति ग्यालेक्सी फोरकेबाट प्रसारित जीबेट कार्यक्रममा प्रस्तोता निमेश बन्जाडेसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन्।



    कांग्रेस सभापति समेत रहेका देउवाले पार्टी र व्यक्तिको स्वार्थमा एमसीसी अनुमोदन गरेको रावलको आरोप छ।



    ‘प्रधानमन्त्री देउवाले संसदकाे नियमावली र संविधान मिचेका छन्,’ रावलले भनेका छन्, ‘उहाँले पार्टी र व्यक्तिकाे स्वार्थमा एमसीसीका राष्ट्रहितविरूद्धका प्रावधानकाे समर्थन गर्नु अनुिचत हुन्छ’

    यस्तै, पार्टीमा तपाईलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठेको छ नि भन्ने बन्जाडेको अर्को प्रश्नमा रावलले आफूले जनता र देशको हितमा बोलेको दावी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार