Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न माग

    निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    बुटवल । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।

    समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी थिए ।



    ‘बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा: सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उनले जानकारी दिए । न्यायालय शुिद्धकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको थियो ।



    बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो । एक निष्पक्ष संस्थाको रुपमा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको विभिन्न निकायमा संलग्नताको सीमा सम्बन्धमा पनि बैठकले प्रस्ताव पारित गरेको थियो ।

    फागुन २८ गते बिहान साङ्केतिक रुपमा वाणगङ्गा नदीमा सफाइ कार्यक्रमसहित बैठक समापन गरिएको थियो । यसै सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधादर्जन कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको सबै खर्च कपिलवस्तु शाखाले स्थानीयस्तरमा सङ्कलन गरी व्यहोरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार