Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पर्याप्त अध्ययनबिनै पत्रकारितामा नेतृत्व गर्ने प्रवृत्ति बढ्यो: अध्यक्ष बस्नेत

    पर्याप्त अध्ययनबिनै पत्रकारितामा नेतृत्व गर्ने प्रवृत्ति बढ्यो: अध्यक्ष बस्नेत

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 987
    SHARES

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्ता राख्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।

    अध्यक्ष बस्नेतले पर्याप्त अध्ययन, अनुसन्धान र खोजी नेपाली मिडिया क्षेत्रमा हुन नसकेकाले पछिल्लो समय काउन्सिल यसतर्फ क्रियाशील बनेको जानकारी दिए ।



    पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थी संलग्न कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘प्रेस काउन्सिलले मिडियाको अध्ययन, प्रशिक्षण बढाउन विभिन्न योजना अघि बढाएको छ । सरकारले यसको लागि स्रोत/साधन जुटाइदिन कन्ज्युस्याईं गर्नुभएन । मिडियाको प्रवर्द्धनमा भएको लगानीले सिङ्गो प्रेस जगतलाई नै फाइदा हुन्छ ।’



    प्रेस काउन्सिल नेपाल र ख्वप कलेज भक्तपुरका पत्रकारिता बि.ए. दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्ध काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले यस्तो धारणा राखेका हुन् ।

    बस्नेतले आचारसंहिता, नक्कली र सक्कली पत्रकारबिचको भिन्नता, ‘कोड अफ कण्डक्ट’ र ‘कोड अफ इथिक्स’ बारे जानकारी दिए । बस्नेतले पत्रकारिता पढेकोमा खुसी व्यक्त गर्दै यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन आग्रह समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार