Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ वटा सहरहरुमा लकडाउनको घोषणा

    चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ वटा सहरहरुमा लकडाउनको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । चीनमा एकैदिन थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    समाचार संस्था एएफपीले जनाए अनुसार मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको हो।



    संक्रमितमध्ये सबैभन्दा धेरै जिलिन प्रान्तमा रहेका छन्। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।



    आयोगका अनुसार  संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ।

    चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार