Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बैंकिङ कसूर मुद्दाका फरार डल्ले गोकर्णेश्वरबाट पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार डल्ले गोकर्णेश्वरबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्‍दै आएका ५६ वर्षीय डल्ले कामी रहेका छन् । उनलाई बुधबार महाशाखाको टोलीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।



    महाशाखाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७८कार्तिक २८ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।



    कामीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

    कामीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार