Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज फागु पूर्णिमा : हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

    आज फागु पूर्णिमा : हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ ।

    आपसी मेलमिलाप र सद्भावनाको सन्देशसहित एकापसमा रङ दलेर शुभकामना आदान-प्रदान गरेर होली मनाइन्छ ।



    शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनको रूपमा लिइने होलीलाई फागु पनि भनिन्छ । नेपालको तराईमा भने होली एकदिनपछि खेलिन्छ।



    यस्तै पुरानो वर्षको अन्त्य र नव वर्षको आरम्भको समय पनि होलीलाई नै लिने गरिन्छ ।

    आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार