Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जनकपुरधाममा बिहीबार र शुक्रबार मासु-मदिरा निषेध

    जनकपुरधाममा बिहीबार र शुक्रबार मासु-मदिरा निषेध

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम ।  जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको छ ।

    मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) सुरेन्द्र पौडेलले जानकारी दिए ।



    पौडेलद्वारा जारी सूचनामा लागूऔषध, मदिरा, भाँग र अन्य उत्तेजक मादक पदार्थ खाएर सबारी साधन चलाउन, हुलहुज्जत गर्न, चर्काे स्वरमा बाजा बजाउन र डिजे संचालन नगर्न भनिएको छ ।



    यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सबारीसाधनबाट रकम असुल्ने जस्ता अराजक कार्य पनि नगर्न सचेत गराइएको छ ।

    उपरोक्त कार्यहरु गरेको पाइएमा प्रचलित कानुन अनुसार कार्वाही हुने सिडीयो पौडेलले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार