Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • उपत्यकामा होलीको रौनक: बिहानै मापसे गरेर चलाएका १ सय ६३ सवारी नियन्त्रणमा

    उपत्यकामा होलीको रौनक: बिहानै मापसे गरेर चलाएका १ सय ६३ सवारी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

    बिहीबार होलीमा अवसर पारी लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई  ‘होल्ड’मा राखिएको महाशाखाले जनाएको छ।



    याे समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ ।



    तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिएको महाशाखाको भनाइ छ।

    काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार