Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकाएक बढ्न थाल्यो चीनमा कोरोना, एक वर्षपछि कोरोनाबाट २ जनाको मृत्यु

    एकाएक बढ्न थाल्यो चीनमा कोरोना, एक वर्षपछि कोरोनाबाट २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वभर कोरोना संक्रमण कम हुँदै गइरहेका बेला चीनमा भने एकाएका संक्रमितको संख्या बढ्न थालेको छ । अघिल्लो वर्षहरुमा झैं अन्य देशमा कोरोना कम हुँदा चीनमा भने यो वर्ष पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

    एक वर्ष पछि पहिलो पटक चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् ।



    चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै संख्या हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए ।



    चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । र, पनि चीनले भने लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार