Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीलाई पर्यटनमन्त्री आलेको यस्तो चेतावनी

    एमाले अध्यक्ष ओलीलाई पर्यटनमन्त्री आलेको यस्तो चेतावनी

    सरकारी सम्पत्ति विचौलियालाई बुझाउनेले घमण्ड नगरे हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीकै घमण्डका कारण वामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको भन्दै घमण्ड नगर्न चेतावनी दिएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मन्त्री आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न पनि ओलीलाई चेतावनी दिएका छन् ।



    उनले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए । कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गरे ।



    नेकपा एकीकृत समाजवादीका नेता रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।

    उनले भने–‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौं भने अहंकारमा कुनै कमी छैन । तपाईंहरु मूल्यांकन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार