Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • महोत्तरीमा छुटाछुटै ठाउँमा दुई जनाको मृत्यु

    महोत्तरीमा छुटाछुटै ठाउँमा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    महोत्तरी । शनिबार जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ अवस्थित लक्ष्मी सागर पोखरीमा पौडी खेल्ने क्रममा धनुषा मुखियापट्टी मुसरनिया ३ का १८ वर्षीय सुमन ठाकुरको मृत्यु भएको हो।

    पौडी खेल्ने क्रममा अचानक बेहास भएको सुमनलाई तत्कालै पोखरीबाट उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



    त्यस्तै महोत्तरीको सम्सी गाँउपालिका वडा नम्बर ३ वैरियामा करेन्ट लागेर स्थानीय ५० वर्षीय रहुप साह फकिरको मृत्यु भएको छ। घाँस काटने क्रममा करेन्ट लागेर घाइते भएक िफकिरको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार