Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • यातायात कार्यालयको छाप र रजिस्टर बिचौलियाको झोलामा फेला

    यातायात कार्यालयको छाप र रजिस्टर बिचौलियाको झोलामा फेला

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । यातायात कार्यालयको सवारी दर्ता गराउने महत्वपुर्ण रजिस्टर बिचौलियाको झोलामा फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले यातायात कार्यालयको दर्ता किताब र कार्यालयको छापसहित आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ घर भएका ३२ वर्षीय मनोज बाँस्तोला रहेका छन् । ललितपुर प्रहरीका अनुसार उक्त रजिस्टर कुसुन्ती यातायात कार्यालयको हो ।



    गएको कात्तिक २८ मा बास्तोलाले बा १२ च ४४९९ नम्बरको हुन्डाई कम्पनीको ग्रान्ड आइटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडिको होटलमा बसेर पास गरिदिएका थिए ।



    त्यसपछि उनले गाडीको ब्लू बुकमा उल्लेखित गाडी नदिएपछि उनिविरुद्ध प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत ललितपुरले उनीविरुद्ध ५ दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार