Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

    कोरोना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 2.2K
    SHARES

    फोटो: ग्लोबल टाइम्स

    एजेन्सी । कोरोना सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ ।

    ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको हो । नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न आग्रह गरिएको छ ।



    जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो ।



    तर, अहिले सबै यो सुविधा हटाइएको छ । करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन अपिल गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार