Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई होण्डा जेनेरेटर सहयोग

    ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई होण्डा जेनेरेटर सहयोग

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार टे«डिङ्ग कम्पनी प्रालिले हिमालय उद्धार संघ नेपाललाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्तरण गरेको छ ।

    विषेशत हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहँुच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने उक्त गैरसरकारी संस्थालाई स्वस्थ शिविर सञ्चालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका सञ्चालक श्रीमती मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमकाबीच जेनेरेटर हस्तान्तरण गरेका हुन् ।



    जेनेरेटर हन्तान्तरण गर्दै उनीहरुले यसरी सहयोग गर्न पाउदा खुसी लागेको बताए । साथै भविष्यमा समेत आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।



    यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम सञ्चालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार