Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आलेको ‘ग्रीन सिग्नल’पछि विमानस्थलमा डलर तस्करको राज, सुरक्षामाथि गम्भिर खतरा

    आलेको ‘ग्रीन सिग्नल’पछि विमानस्थलमा डलर तस्करको राज, सुरक्षामाथि गम्भिर खतरा

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइल क्षेत्रभित्र कफीसप सञ्चालनका लागि नियम विपरित पसल निर्माण कार्य भइरहेको छ । संस्कृती, पर्यटन तथा नागरियक उड्डयन मन्त्री प्रेम आले, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको ‘ग्रीन सिग्नल’ पाएपछि विवादास्पद व्यापारी सुवास श्रेष्ठले पसल निर्माण कार्य गरिरहेका छन् । श्रेष्ठ उनै व्यक्ति हुन्, जसले अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन मन्त्री आलेसँग ठूलो आर्थिक कारोबार गराएका थिए । त्यस्तै ठाकुरलाई पनि श्रेष्ठकै योजनामा विमानस्थलको महाप्रवन्धक बनाइएको छ ।

    कुनै समय डलर तस्करी गर्दा गर्दै विमानस्थलबाटै पक्राउ परेका श्रेष्ठले नियम विपरित कफीसप सञ्चालन गर्नका लागि धमाधम निर्माणकार्य गरिरहेका हुन् । मन्त्री आलेले श्रेष्ठबाट ठूलो आर्थिक लाभ लिएपछि आलेकै निर्देशनमा श्रेष्ठले निर्माण कार्य गरिरहेको विमानस्थलकै एक कर्मचारीले दावी गरे । महाप्रवन्धक ठाकुर भने नियम विपरित निर्माण गरिएको कफीसपको विषयमा अनविज्ञ बनेका छन् । सरकारी कर्मचारी भएपनि ठाकुरलाई श्रेष्ठकै ‘विजनेस’ पार्टनरको रुपमा विमानस्थलका कर्मचारीहरुले चिन्ने गर्दछन् ।



    विमानस्थलभित्र स्टे अर्डरका भरमा कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका सुवास श्रेष्ठले अन्तर्राष्ट्रिय स्टरायल कक्षमा पुनः नयाँ कफीसप सञ्चालन गर्न महाप्रवन्धक ठाकुरदेखि मन्त्री आलेसम्म सेटिङ मिलाइसकेका छन् । श्रेष्ठ डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए ।



    श्रेष्ठले स्टेराइल कक्षभित्र नियमविपरित निर्माण गरिरहेको कफीसप

    २०६९ चैत २६ गते श्रेष्ठले पुरानो स्टेराइल कक्षको लवीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए । तर, विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो । तत्कालिन महाप्रवन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध अदालत गएका थिए ।

    सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी गर्यो । श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टे अर्डर जारी गराएका थिए । सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो लवीमा कफीसप सञ्चालन गर्न पाउँछन् । तर, कफीसपमा आगलागी भएपछि अहिले त्यहाँ ठाउँ नै छैन । यद्यपी श्रेष्ठ भने सोही स्टे अर्डरको भरमा हाल नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न पाउनुपर्छ भन्दै धमाधम पसल निर्माण गरिरहेका छन् ।

    सर्वोच्चले स्टे अर्डर जारी गरेको स्थान नै नभएको अवस्थामा श्रेष्ठले पर्यटनमन्त्री प्रेम आले, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री, विमानस्थलका निवर्तमान महाप्रवन्धक भोला गुराईगाईं, उपनिर्देशक त्रिलोचन पौडेल, हालका महाप्रवन्धक प्रेमनाथ ठाकुरलगायतलाई प्रभावमा पारी कफीसप सञ्चालनको तयारी गरेका हुन् ।

    तत्कालिन महाप्रवन्धक राजकुमार क्षेत्रीले कफीसप खाली गराउन काटेको पत्र

    उक्त स्थानमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलल प्रशासनले ठेक्का प्रकृयाद्धारा नयाँ ठेक्का लगाउनु पर्ने भएपनि निवर्तमामन महाप्रवन्धक गुरागाईंले त्यसो नगरी सिधै श्रेष्ठलाई ठाउँसारी गरिदिएका थिए । ठाउँसारी गरिदिए वापत गुरागाईंले श्रेष्ठसँग मोटो रकम लिएको विमानस्थल स्रोत बताउँछ ।

    विमानस्थलको स्टेराइल कक्षमा अवैध रुपमा कफीसप सञ्चालन हुन लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारले महाप्रवन्धक ठाकुरसँग पटक–पटक बयान लिइसकेको छ । स्टे अर्डरकै भरमा नयाँ ठाउँमा कफीसप सञ्चालन गर्नका लागि श्रेठले सर्वोच्चमा समेत सेटिङ मिलाएर पटक–पटक पेशी सारिरहेका छन् । अहिसम्म उक्त मुद्दाको पेशी ८ पटक सरिसकेको छ ।

    नयाँ स्थानमा कफीसप सञ्चालन गर्ने विषयमा विवाद भएपछि उक्त फाईल पर्यटन सचिव महेश्वर न्यौपानेकहाँ पुगेको छ । तर, सचिव न्यौपानेलाई मन्त्री आलेले कफीसप सञ्चालनका लागि अनुमति दिन दबाब दिइरहेको मन्त्रालय स्रोत बताउँछ । श्रेष्ठ केही दिन अघि मा एयरपोर्टकै एक व्यापारीलाई लिएर सचिव न्यौपानेको निवास बालुवाटारमा भेट्न पुगेका थिए । स्रोतका अनुसार मन्त्री आले, महानिर्देशक अधिकारी र महाप्रवन्धक ठाकुर सबैले मलाई साथ दिइसकेको हुँदा तपाईले किन नकारात्मक हुनुहन्छ भन्दै श्रेष्ठले सचिव न्यौपानेलाई कन्भिन्स गर्न खोजेको थिए ।

    सचिव न्यौपाने भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको र आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने भन्दै पन्छिएका छन् । श्रेष्ठले कफीसप सञ्चालनका लागि मन्त्री, क्यानका महानिर्देशक अधिकारीलगायतलाई मिलाउने नाममा पाँच करोड रकम खर्च गरिसकेको स्रोतको दावी छ । जबकी विमानस्थलमा आधा दर्जनभन्दा बढी पसल सञ्चालन गरेको श्रेष्ठको स्वनिग सर्भिस प्रालिले विमानस्थललाई बक्यौता वापतको पाँच करोड भन्दा बढी रकम बुझाउन बाँकी छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा डलर तस्करीमा मुछिदै आएका श्रेष्ठले सुरक्षालाई नै चुनौती दिने गरी यसरी पसल सञ्चालन गरेको खण्डमा एयरपोर्टबाट विभिन्न आपराधिक गतिविधि बढ्ने खतरा देखिएको छ । जुन कुरा विमानस्थलकै सुरक्षाकर्मीहरुले बताउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार