Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उच्च अदालत पाटनले दियो एनआरएनएको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश

    उच्च अदालत पाटनले दियो एनआरएनएको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

    संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रिया चैत ९ सम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । एनआरएन अभियन्ताहरू चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले विवादास्पद प्रतिनिधिसहित एक पक्षीय रुपमा निर्वाचन गर्न लागेको भन्दै त्यसका विरुद्ध रिट दायर गरेका थिए ।



    चैत ९ गते दुवै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अब अर्को फैसला नहुँदासम्म एनआरएनएले आगामी चैत १० र ११ गते गराउन लागेको निर्वाचन रोकिने भएको छ ।



    न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधवार बोलाउने र त्यतिञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार