Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्माद्धारा पार्टी परित्यागको घोषणा

    माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्माद्धारा पार्टी परित्यागको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

    उनले सोमबार गरिएको दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।



    ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।



    आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निःस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु,’ शर्माले फेसबुकमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार