Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्कियो, ८ जनाको मृत्यु

    नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्कियो, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 2K
    SHARES

    एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा हिंसा भड्किँदा आठ जनाको मृत्यु भएको छ ।

    बागटुई गाउँमा सोमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको अज्ञात समूहले बम प्रहार गरेर हत्या गरेका थिए ।



    यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सोमबार राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ ।



    एकै घरबाट सात जनाको शव जलेको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । पश्चिम बङ्गलाका प्रहरी डीजीपी मनोज मालवीयले गाउँमा निकै लोकप्रिय मानिएका नेता भादु शेखको हत्यापछि उनी समर्थकले विपक्षी पार्टीका समर्थकको घरमा आगजनी गरेको बताए ।

    घटनाको जाँचका लागि राज्य सरकारले विशेष कार्यदल गठन गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार