Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्देशक दीपकराज गिरी भन्छन्-‘मैले पनि पार्टीमा जाने निर्णय गरे’

    निर्देशक दीपकराज गिरी भन्छन्-‘मैले पनि पार्टीमा जाने निर्णय गरे’

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले भने व्यङ्ग्यात्मक रूपमा पार्टीमा जाने निर्णय गरेको बताएका छन् ।

    उनले कलाकारहरू पार्टी प्रवेश गरिरहेकोले आफू भने उनिहरुले दिने पार्टी खान जाने भन्दै व्यङ्गे गरेका हुन् । पछिल्लो समय कलाकारहरू विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् ।



    मङ्गलवार मात्रै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।



    ती विषयलाई निर्देशक गिरीले भने व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरे । गिरीले आफ्नो फेसबुकमा व्यङ्गे गर्दै लेखेका छन्, ‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू बिस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार