Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकालाई चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको आग्रह

    अमेरिकालाई चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ ।

    चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ ।



    चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीको संख्या र परिचय भने खुलाइएको छैन ।



    अमेरिकी अधिकारीले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमलाई बन्दी बनाईएको दाबी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार