Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तनहुँमा पलको बयान–गायिकालाई आधा रातमा बियर खुवाएको हुँ, सँगै सुतेको होइन

    तनहुँमा पलको बयान–गायिकालाई आधा रातमा बियर खुवाएको हुँ, सँगै सुतेको होइन

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । एक चर्चित गायिका एबं मोडल नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

    उनले सरकारी वकिलको कार्यालय तनहुँमा दिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका हुन् । यस अघि जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरसँगको बयानमा पनि उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।



    पलले सरकारी वकिलको कार्यालय तनहुँमा दिएको बयानमा आफू गायिका सुतेको कोठामा मध्य रातमा गएको भए पनि सँगै रात भने नबिताएको बताएका छन् । उनले बयानमा भनेका छन्–‘गत वैशाख १ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खार्दै पीडित र मैले म्यासेज आदान प्रदान गरेका हौं । राति अन्दाजी ११ बजेर ४५ मिनेटतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी उनलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।’



    पलविरुद्ध जिल्ला प्रहरी कार्यायल तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । शाहविरुद्ध नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोग पत्र दर्ता भइसकेको छ ।

    अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानून अनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

     

    पलले जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरसमक्ष दिएको बयान

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार