Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • धनगढीमा भोलिदेखि ‘सुदूरपश्चिम महोत्सव’ सुरु हुने

    धनगढीमा भोलिदेखि ‘सुदूरपश्चिम महोत्सव’ सुरु हुने

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.2K
    SHARES

    कैलाली । बिहीवारदेखि धनगढीमा १५औँ ‘सुदूरपश्चिम महोत्सव’ सुरु हुने भएको छ । उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन् ।

    कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ । झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए ।



    उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए । धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ ।



    चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ।

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव चैत २० गतेसम्म सञ्चालन वाणिज्य संघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार