Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले पायो पूर्णता

    माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले पायो पूर्णता

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशमा पदाधिकारी चयन भएको छ ।

    आकांक्षी धेरै भएपछि अधिवेशन भएको करिब ३ महिनासम्म पदाधिकारी चयन हुन नसकेकामा बुधबार भने यसको टुंगो लगाइएको हो ।



    गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) भने यसअघि नै चयन भएकी थिइन् । माओवादी केन्द्र गण्डकी प्रदेशका अनुसार उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् ।



    यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित भएक छन् । यस्तै कोषाध्यक्षमा तारा भुषाल चयन भएको माओवादीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार