Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मोटरसाइकल पारखीहरूको लागि X3 मोटो फेस्ट आयोजना हुँदै

    मोटरसाइकल पारखीहरूको लागि X3 मोटो फेस्ट आयोजना हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी, नामक एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ ।

    छायाँ सेन्टर, ठमेलमा वैशाख २२ गतेदेखि वैशाख २५ गतेसम्म आयोजना हुने यस एक्स थ्री (X3)मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्नेछन् । असाधारण, रोमाञ्चक, अनुभव जस्ता शब्दहरुले वर्णनन् गर्न सकिने यस इभेन्टमा रहेका विभिन्न ब्राण्डका स्टलहरुबाट पारखीहरुले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ्ग गर्न सक्नुहुनेछ ।



    यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभल तथा अन्य आर्टिस्ट कन्सर्ट समेत आयोजना हुनेछ ।



    एक्स थ्री मोटो फेस्टमा मोटरसाइकल सहित एक्सेसरीज, खाना र पेय पदार्थहरूको स्टलहरू पनि हुनेछन् । व्हाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीद्वारा पहिलो पटक आयोजना गर्न लागिएको यस इभेन्टलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सोच बनाएको छ ।

    यस इभेन्टमा सहभागी हुन इच्छुक सम्पूर्णहरुका लागि चाँडै नै विभिन्न प्लेटफर्महरू मार्फत टिकटहरू उपलब्ध गराइने छ । अहिलेको लागि एक्स थ्री मोटो फेस्टको आधिकारिक सामाजिक मिडियाहरु जस्तै इन्स्टाग्राम (@x3motoest) र फेसबुक (X3 Motofest) मार्फत इभेन्ट सम्बन्धि विभिन्न जानकारीहरु उपलब्ध गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार