Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • धनगढीमा सुरु भयो ‘सुदूरपश्चिम महोत्सव’

    धनगढीमा सुरु भयो ‘सुदूरपश्चिम महोत्सव’

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.2K
    SHARES

    कैलाली । धनगढीमा ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नारासहित १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहीबार उद्घाटन गरेका हुन् ।

    उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग मुख्यमन्त्री समक्ष राखेका छन् । भने मृख्यमन्त्री भट्टलाई ७ किलोको माला समेत लगाइएको थियो । आजबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।



    महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ । महोत्सवमा उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार