Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मैत्रीपूर्ण फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

    मैत्रीपूर्ण फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँग नेपालले हार व्यहोरेको छ । बिहीबार चोनबरीमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २-० ले गोलले हार व्यहोर्न बाध्य भएको हो ।

    पहिलो हाफ बराबरीमा सकिएकोमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको हो । थाइल्यान्डले खेलको ७७ औँ र ८८ औँ मिनेटमा गोल गर्‍यो ।



    एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेको हो ।



    यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार