Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा आजबाट फेरि बढ्यो इन्धनको मूल्य, नेपालमा पनि बढ्न सक्ने अनुमान

    भारतमा आजबाट फेरि बढ्यो इन्धनको मूल्य, नेपालमा पनि बढ्न सक्ने अनुमान

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतमा पछिल्लो दुई दिन ८० पैसा भारुले बढेको पेट्रोल र डिजेलको मूल्य शुक्रवार पनि बढेको छ । भारतीय बजारमा शुक्रवार बिहान ६ बजेदेखि ८० पैसा भारू मूल्यवृद्धि भएको हो ।

    सार्वजनिक क्षेत्रको पेट्रोलियम विपणन कम्पनीले जारी गरेको सूचना अनुसार, भारतको राजधानी दिल्लीमा शुक्रवार पेट्रोलको मूल्य प्रतिलिटर ९७.०१ भारुबाट बढेर ९७.८१ भारु पुगेको छ ।



    यस्तै डिजेलको मूल्य प्रति लिटर ८८.२७ भारुबाट बढेर ८९.०७ भारु पुगेको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ ।



    अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार