Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यातायात विभागले जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा लिने

    यातायात विभागले जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा लिने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्स नियमित वितरण गर्ने भएको छ ।

    ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको हो ।



    जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन खुल्ने र जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने विभागले जनाएको छ । यस्तै फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने पनि बताइएको छ ।



    सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार