Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : पीएनजीविरूद्व ब्याटिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : पीएनजीविरूद्व ब्याटिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालले पपुवा न्यू गिनीविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलमा टस जित्दै ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

    पीएनजीले केही बेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् । पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ ।



    शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भयो । पहिलो खेलमा हिजो ६ रनले पराजित भएपछि सिरिज बराबरी गर्नका लागि पनि नेपाल आज जित्नै पर्ने दबाबमा रहेको छ । नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ ।



    नेपालको प्लेइङ–११ :

    सन्दीप लामिछाने (कप्तान), अनिल कुमार शाल (विकेट किपर), दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, रोहित कुमार पौड्यल, आरिफ शेख, शुल्सन झाँ, सोमपाल कामी, देव खनाल, भिम सार्की, पवन सरार्फ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार