Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दिपेन्द्रको शतकमा नेपालले पपुवा न्युगिनीलाई दियो २७९ रनको लक्ष्य

    दिपेन्द्रको शतकमा नेपालले पपुवा न्युगिनीलाई दियो २७९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपालले पपुवा न्यूगिनीलाई २७९ रनको लक्ष्य दिएको छ । जारी दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २७८ रन बनाएको हो ।

    दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।



    १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो ।



    कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए । तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार