Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सलमान खानलाई नेपाल ल्याएर २५ करोड कमाउने आयोजकको दाउ

    सलमान खानलाई नेपाल ल्याएर २५ करोड कमाउने आयोजकको दाउ

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । ठूलो संघर्षपछि एक निजी कम्पनीले भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउँदै छ । आउँदो जेठ १४ गते ‘दबङ द टुर रिलोडेड’ नामक कन्सर्टका लागि खान काठमाडौं आउन लागेका हुन् ।

    अघिल्लो वर्ष नै नेपाल आउने तयारी गरेका खानले कार्यक्रम नै रद्द भएपछि आउन पाएका थिएनन् । यो वर्ष फेरि त्यहि कम्पनीले कन्सर्ट आयोजना गरेपछि उनी काठमाडौं आउन लागेका हुन् ।



    आयोजक ओडीसी इन्टरनेटमेन्टका अनुसार भारतीय अभिनेता खानसँगै अन्य कलाकारहरु पनि नेपाल आउने भएका छन् । सलमानसँग करिब १०० जनाको टोली नेपाल आउँदैछ । उनीहरुमध्ये नौ जना सेलिब्रिटी हुन् भने अन्य ब्याक डान्सर र वाद्यवाधकहरु हुन् ।



    सलमानको टोलीमा ज्याकलिन फर्नान्डिस, सोनाक्षी सिन्हा, प्रभू देवा, गुरु रान्धवा, सहीद मन्जेरकर, मनिष पल, कमाल
    खानलगायत रहेका छन् ।

    खानलाई ल्याएर कराडौं कमाउने आयोजकको दाउ
    आयोजक ओडीसी इन्टरनेटमेन्ट भने कन्सर्ट गरेर करोडौं कमाउने ध्याउन्नमा लागेको छ । ओडीसी इन्टरनेटमेन्टका प्रमुख सीमान्त गुरुङ अघिल्लोपटक ठूलो घाटा लागेको भन्दै सधै घाटा खाएर चल्न नसकिने बताउन थालेका छन् ।

    सलमानको कन्सर्टका लागि टिकटको मूल्य न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको राखिएको छ। आयोजकले ३० हजार दर्शकले टिकट काट्ने अनुमान गरेको छ । त्यसैले गुरुङ टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको बताउन थालेका छन् ।

    त्यसैगरी आयोजकले ८–१० करोड रुपैयाँ प्रयोजकहरुबाट उठाउने लक्ष्य लिएको छ । यसरी सरसर्ती हेर्दा आयोजक ४० देखि ४५ करोड रकम उठाउने दाउमा लागेको छ । जबकी जम्मा १८ करोडमात्रै खर्च हुने अनुमान आयोजकको छ । आयोजकका अनुसार दशरथ रंगशालामा हुने कन्सर्टका लागि कुल १८ करोड खर्च हुने अनुमान गरिएको छ ।

    कलाकारहरुको पारिश्रमिक बाहेक उनीहरुको आउजाउ र नेपालमा बस्ने–खाने खर्च पनि आयोजकले व्यहोर्नुपर्ने छ । यस्तै स्टेज तयारी, प्रचारप्रसार र अन्य व्यवस्थापकीय कामहरुमा गरी कुल १८ करोड खर्च हुने अनुमान गरिएको गुरुङले बताए ।

    कसले कति लिंदैछन् पारिश्रमिक ?
    कन्सर्टका लागि नेपाल आउने लागेका भारतीय अभिनेता सलमान खान एक्लैले ३ करोड भारु अर्थात ४ करोड ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक लिनेछन् । त्यसैगरी सोनाक्षीले ५२ लाख र ज्याकलिनले ४० लाख भारु पारिश्रमिक लिएका छन् । अन्य कलाकारहरुको १०–१५ लाखको हाराहारी रहेको बताइएको छ ।आयोजकका अनुसार कुल मिलाएर ४ करोड ८० लाख भारु कलाकारको पारिश्रमिकमा खर्च हुने छ ।

    सबै कलाकारसँग बेग्लाबेग्लै सम्झौता गरेर उनीहरुको खातामा पैसा गइसकेको ओडीसी इन्टरनेटमेन्टका प्रमुख सीमान्त गुरुङले जानकारी दिए ।

    अघिल्लो वर्षको घाटा पनि उठ्ने
    यसअघि २०७४ सालमा नै यो कन्सर्ट गर्न खोजिए पनि विप्लव माओवादीको थ्रेटका कारण कार्यक्रम स्थगित भएको थियो । जसका कारण ४ करोड भन्दा बढी घाटा लागेको आयोजकको भनाई छ ।

    अघिल्लोपटक आफूहरुलाई करिब ४ करोड घाटा लागेको गुरुङले बताए । कार्यक्रमका लागि केही हजार टिकट पनि विक्री गरिएको थियो । तर, कार्यक्रम हुन नसकेपछि ती सबै टिकट फिर्ता गरिएको उनको भनाइ छ ।

    त्यसबेला सबै कलाकारहरुलाई पारिश्रमिक बैंकबाट पठाइसकिएपछि अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा घाटा भएको गुरुङले बताएका छन् । लामो समयसम्म कन्सर्ट हुन नसकेपछि ओडीसीले सलमानसँग अग्रिम भुक्तानी भएको पैसा फिर्ताका लागि ताकेता गरेपनि सलमानले फिर्ता गर्न भन्दा आफू नेपाल आउन इच्छुक रहेको भन्दै उपयुक्त समयमा कन्सर्ट गर्न सुझाव दिएपछि आयोजकले पहिले भुक्तानी भएको पैसामा केही थप गरेर अहिले उनलाई ल्याउन लागेको हो ।

    कन्सर्टका लागि २ हजार सुरक्षाकर्मी माग
    सलमानको कन्सर्टका लागि आयोजकले सरकारसँग २ हजार सुरक्षाकर्मी माग गरेको छ । आयोजकले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा १ हजार ५ सयदेखि २ हजार प्रहरी कन्सर्टस्थलमा परिचालन गर्न अनुरोध गरेको छ । यद्यपी जिल्ला प्रशासनले भने आवश्यकता हेरेर प्रहरी परिचालन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको स्रोतको दावी छ ।

    प्रहरी बाहेक १ हजार बढि सेक्यूरिटी र स्वयंसेवक परिचालन
    आयोजक ओडीसी इन्टरनेटमेन्ट सरकारले दिने सुरक्षासँगै आफ्नो तर्फबाट पनि ७–८ सय जनाको सेक्यूरिटी र २–३ सय जना स्वयम्सेवक परिचालन गर्ने तयारी गरेको जनाएको छ ।

    यो पटक पनि विप्लव माओवादीको थ्रेट
    अघिल्लोपटक विप्लव माओवादीले कार्यक्रम रोक्न थ्रेट दिएको थियो । आयोजकले यसपाली अहिलेसम्म सो पार्टीका तर्फबाट कुनै प्रत्यक्ष चेतावनी नआएको बताएपनि पार्टीनिकट जनसांस्कृतिक संगठनका महासचिव खेम थपलियाले एक पटक सोच्दा राम्रो हुने भन्दै धम्मीपूर्ण शैलीमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिसको छन् ।

    उनले चैत १० गते विहिबार फेसबुकमा ‘भारतीय सांस्कृतिक साम्राज्यवादका विरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भो भारतीय कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका हुन् ।

    सलमान खानको कन्सर्टमा नेपाली कलाकारहरुलाई पनि समावेश गर्ने तयारी भएपनि अहिलेसम्म कलाकारको टुंगो नलागेको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार