Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतमा सबै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति

    भारतमा सबै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा पछिल्लो दुई वर्षदेखि बन्द रहेको व्यवसायिक अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुला गर्न अनुमति दिइएको छ ।

    कोरोना महामारीका कारण बन्द रहेका सबै अन्तर्राष्ट्रिय उडानलाई २७ मार्च आइतबारबाट खुला गर्न भारतले अनुमति दिएको हो । अब अन्तर्राष्ट्रिय उडान कोराना महामारी अघिको अवस्था जस्तै नियमित हुनेछन् ।



    भारतले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुलाएसँगै निजी कम्पनीका विमान कम्पनीहरुले भारतका विभिन्न सहरबाट टिकटको बुकिङ तथा उडान थालेका छन् ।



    कोरोना बढेसँगै सन् २०२० को मार्च २३ बाट भारतले अन्तर्राष्ट्रिय उडान परिचालनमा कडाइ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार