Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कहिं नभएको जात्रा एनआरएनएमा, चार अध्यक्ष बनेसँगै संगठनकै अस्तित्व संकटमा

    कहिं नभएको जात्रा एनआरएनएमा, चार अध्यक्ष बनेसँगै संगठनकै अस्तित्व संकटमा

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न १०औं विश्व सम्मेलनबाट कुल आचार्य, बद्री केसी र रविना थापा अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको छ । हालसम्म कहिल्यै पनि दुई अध्यक्षसम्म नभएको एनआरएनलाई आइतबारको १०औं विश्व सम्मेलनले तीन वटा अध्यक्ष दियो ।

    उता, पूर्वअध्यक्ष शेष घले नेतृत्वको एनआरएनएले यस अघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाइसकेको छ ।



    आइतबारको १०औं विश्व सम्मेलनसम्म आइपुग्दा एनआरएनए नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भन्दा पनि ठूलो बनेको छ । तत्कालिन समयमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा दुई जना अध्यक्ष थिए । तर, दुई जना अध्यक्ष भएको नेकपा अहिले फुटेर तीन टुक्रा भएको छ ।



    तर, एनआरएनए भने अहिले नेकपा भन्दा पनि ठूलो तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तो बनेको छ । राप्रपामा पनि तीन जना अध्यक्ष थिए । एनआरएनएमा पनि अहिले तीनै  जना अध्यक्ष बनेका छन् ।

    त्यतिबेला राप्रपामा तीन जना अध्यक्ष बनाएर पालैपालो नेतृत्व गर्ने सहमति बनेको थियो । पछि कुरा नमिलेपछि राप्रपा विभाजन भएको थियो ।

    यसले के देखाउँछ भने पदकै लागि मरिहत्य गर्ने परिपाटी नेपाली राजनीतिमा मात्र एनआरएनए भित्र पनि रहेको प्रष्ट भयो । पदको लोभकै कारण एनआरएनए अहिले राप्रपाकै अवस्थामा पुगेको छ ।

    दुई जना अध्यक्ष भएको नेकपा र तीन जना अध्यक्ष भएको राप्रपा टुक्रा–टुक्रा भएको इतिहास हामीसँग छ । कतै अब एनआरएन पनि त्यहि लयमा जाने त होइन भन्ने डर आम एनआरएनए सदस्यहरुमा रहेको छ ।

    १०औं विश्व सम्मेलनको घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएकोसमेत बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तीन जना अध्यक्षले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।

    अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित पदाधिकारीको घोषणा गरेको छ । एनआरएनएको विवाद समाधानका लागि विधान संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो ।

    अध्यक्ष बनेका कुल आचार्य र बद्री केसीबीच ठूलो मनमुटाव रहँदै आएको छ । आचार्य एनआरएनएमा गुटबन्दी गराउनेमा खप्पिस मानिन्छन् । चुनाव लडेको खण्डमा उनले हार्ने निश्चितप्रायः थियो । तर, सत्ताधारी पार्टीको छत्रछायाँमा रहेका आचार्य अन्ततः अध्यक्ष पद पाए । केसी पनि विविादित व्यक्ति हुन् । उनी आइएलओको करोडौं रकम घोटलामा मुछिएका थिए । यी दुईबीचको द्वन्द्वका कारण रविना थापालाई अब काम गर्न सहज हुने एनआरएनका एक पदाधिकारीले अनलाइन नेपालसँग बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार