Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चितवन र मकवानपुरबाट ३ सय ६५ केजी गाँजासहित ६ जना पक्राउ

    चितवन र मकवानपुरबाट ३ सय ६५ केजी गाँजासहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

    चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।



    ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले चेपाङको घरमा रहेका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले फरार चेपाङको खोजी गरिरहेको छ ।



    त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट करिब एक सय केजी गाँजासहित चार जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुर थिङ समेत ४ जना छन् । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट करिब १ सय ६५ किलो ८ सय ग्राम गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले अरबिन्दलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार