Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शेयर बजारको ओरालो यात्रा कायमै

    शेयर बजारको ओरालो यात्रा कायमै

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सोमबार पनि शेयर बजार ओरालो यात्रामै देखिएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ । नेप्से १.१७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा पुगेको छ ।



    अन्तिम समयसम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएको छ ।



    कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ ।

    सोमबार जीवन विकास लघुवित्त वित्तीय संस्थाा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको २२ करोड २४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार