Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • परीक्षामा ३५ हजार ५५६ जना सहभागि हुँदै

    स्थायी शिक्षकको परीक्षा आजदेखि सुरु, पहिलो दिन मावि शिक्षकको परीक्षा

    स्थायी शिक्षकको परीक्षा आजदेखि सुरु, पहिलो दिन मावि शिक्षकको परीक्षा

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आजदेखि शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा सुरू हुँदैछ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ ।

    मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् ।



    आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।



    आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ । झन्डै पाँच वर्षपछि परीक्षामाहुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार