Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

    बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    बझाङ । भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

    २२ वर्षीया भाइबुहारीलाई बलात्कार गर्ने ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    जेठाजु नाता पर्ने अभियुक्तले चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र पसेर हात र मुख च्यापी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।



    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपित केदारस्युँ गाउँपालिकाको देउरा बजारमा घुमिरहेको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

    पीडितले अभियुक्तको श्रीमती (जेठानी) को सहयोगमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार