Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको छ : प्रचण्ड

    गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको छ : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको बताएका छन् ।

    एनआरएनको नयाँ नेतृत्वलाई बधाई दिँदै प्रचण्डले निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने माग महत्वपूर्ण भएको बताएका हुन् ।



    “निर्वाचन प्रक्रियामा गैरअवासीय नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने । किनभने अहिले विज्ञान प्रविधिले त विभिन्न टेक्नोलोजीबाट संसारलाई एकदमै सानो बनाइदियो । किन त्योबाट बञ्चित गर्ने ।



    लाखौं नेपालीहरु विदेशमा रहेको यथार्थ छ भने उनीहरु पनि यहाँको राजनीतिक नेतृत्व चयन गर्ने, निर्वाचित गर्ने प्रक्रियामा किन सामेल नहुने ? भन्ने कुरा जायज छ,” उनले भने ।

    स्थानीय तहको निर्वाचनमा सम्भव नहुने र संघ र प्रदेशको निर्वाचनमा भने कानुन बने निर्वाचन अधिकार दिन सम्भव हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार