Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, एआईजी नियुक्तिको तयारी

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, एआईजी नियुक्तिको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । विहीबार विहान ८ः३० बजेबाट मन्त्रिपरिषद बैठक बसेको हो ।

    स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने सम्भावना छ । आजको बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ ।



    लोकसेवा आयोगले बुधबार मात्रै नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो ।



    यस्तै आजै सत्तागठबधनको बैठक समेत बस्दैछ । आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसअघि मन्त्रिपरिषद बैठक राखेका हुन् ।

    प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा निस्किँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार