Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 933
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी-दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्। उनले बैठकले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको बताए ।



    मन्त्रिपरिषद्को विहीबारको बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी जानकारी दिए ।



    त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार