Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनले अमेरिकी अधिकारीमाथि लगायो प्रतिवन्ध

    चीनले अमेरिकी अधिकारीमाथि लगायो प्रतिवन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 954
    SHARES

    एजेन्सी । चीनले केही अमेरिकी अधिकारीमाथि भिसामा प्रतिबन्ध लगाउने भएको छ ।

    मानव अधिकार उल्लङ्घन गरेको आरोपमा चीनको यस्तो कदम चालेको हो ।



    वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनले अमेरिकी अधिकारीमाथि प्रतिवन्ध लगाएको बताइएको छ ।



    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले मानव अधिकारको विषयलाई गलत रूपमा व्याख्या गरेको र यो चीनको आन्तरिक मामिला भएको दाबी गरेका छन् ।

    ‘अमेरिकाले बेइजिङलाई अपजसमा पार्नका लागि गरेको बयानबाजी हो यो,’ उनले भने, ‘यस किसिमको कदम अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लङ्घन हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार