Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • के देउवाको भारत भ्रमणमा सीमा विवादबारे कुरा उठ्ला ?

    के देउवाको भारत भ्रमणमा सीमा विवादबारे कुरा उठ्ला ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।  तीन दिने औपचारिक भ्रमणका क्रममा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

    देउवाको भ्रमणमा सीमा विवादबारे समेत द्विपक्षीय वार्तामा कुरा उठ्ने वताइएको छ ।



    केपी शर्मा ओलीले सन् २०१८ को एप्रिलमा भारतको औपचारिक भ्रमण गरेयता दुवै देशले एक अर्कालाई अस्वीकार्य हुने गरी आफ्ना नक्सा जारी गरेका छन्।ओलीको पालामा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको थियो।



    भारतले दुई वर्षअघि दार्चुला-लिपुलेक लिङ्क सडकको उद्घाटन गरेको थियो र हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत विवादित भूमि लिपुलेकमा सडक विस्तार गर्ने बताएका थिए।

    नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटरभन्दा लामो सीमामध्ये लगभग ९८ प्रतिशतमा विवादरहित ढङ्गले नक्साङ्कन भइसकेको बताइन्छ।

    सुस्ता र कालापानी क्षेत्रका विषय परराष्ट्रमन्त्रीहरूले नेतृत्व गर्ने द्विपक्षीय संयन्त्रमा बेलाबेलामा उठाइने गरेको बताइए तापनि सन् २०१४ यताका प्रधानमन्त्रीका भ्रमणपछि जारी हुने संयुक्त वक्तव्यमा त्यो समेटिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार