Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित

    चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.7K
    SHARES

    बेइजिङ । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् ।

    यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।



    संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।



    कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार