Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला

    घरेलु दर्शकमाझ खेल्न सहज हुन्छ, ‘ट्रफी’ घरमै राख्छौँ : कप्तान लामिछाने

    घरेलु दर्शकमाझ खेल्न सहज हुन्छ, ‘ट्रफी’ घरमै राख्छौँ : कप्तान लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 813
    SHARES

    काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि सोमवार उपाधिका लागि पपुवा न्यु गिनी सँग खेल्दैछ ।

    नेपाल र पीएनजीबीचको फाइनल खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे बजे सुरु हुनेछ ।



    आज आइतवार टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताए ।



    घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने उनको भनाई छ । यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालसँग खेल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार